सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढायो, कति पुग्यो प्रतिलिटर ? « Arthapath.com
३१ बैशाख २०७९, शनिबार

सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढायो, कति पुग्यो प्रतिलिटर ?



काठमाडौं । स्थानीय तहको निवार्चन सकिएसँगै सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ । निवार्चनको बेला उक्त मुल्य बढे सत्तारुढ दल कमजोर हुने हुँदा सरकारले निवार्चन सकिएको दोस्रो दिन नै मुल्य बढाएको हो ।

वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको निर्णय गरेको हो । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

सञ्चालक समितिको बैठकले शनिबार (वैशाख ३१ गते) रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नियमले जनाएको छ ।खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढेको छ ।



प्रतिक्रिया दिनुहोस्