असोज ५ गतेदेखि हकप्रद निष्काशन गर्दै राधी विद्युत, कहिलेसम्म दिने आवेदन ? « Arthapath.com
१६ भाद्र २०७९, बिहीबार

असोज ५ गतेदेखि हकप्रद निष्काशन गर्दै राधी विद्युत, कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । राधी विद्युत कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आउँदो असोज ५ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १.४७५२ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

हकप्रद निष्काशन प्रयोजनका लागि कम्पनीले भदौ १२ गते बुक क्लोज गरेको छ । त्यसका आधारमा भदौ १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम कम्पनीका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । उक्त हकप्रदमा असोज २५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

Tags :

प्रतिक्रिया दिनुहोस्