कति पाउलान् ग्लोबल आइएमई बैंकका सेयरधनीले लाभांश ? यस्तो छ ८ वर्षे इतिहाँस ! « Arthapath.com
१९ भाद्र २०७९, आईतवार

कति पाउलान् ग्लोबल आइएमई बैंकका सेयरधनीले लाभांश ? यस्तो छ ८ वर्षे इतिहाँस !



काठमाडौं । चुक्ता पुँजीका आधारमा ग्लोबल आइएमई बैंक अब्बल बैंकको हो । यो बैंक लगानीकर्ताहरुको रोजाईको सूचीमा पर्दछ ।

बैंक मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरुलाई थप उत्कृष्ट सेवा तथा सुबिधा प्रदान गर्दै आएको छ ।

बैंकले गत आथिक वर्ष २०७८/७९ मा ५ अर्ब २० करोड ६४ लाख ५० हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २५ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमासमा बैंकले ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ नाफा गरेको थियो ।

गत आवमा बैंकको खुद ब्याज आम्दानी पनि १७.५२ प्रतिशतले वृद्धि भई १० अर्ब ७४ करोड ६ लाख १८ हजार रुपैयाँ कायम भएको छ । गत आवको असार मसान्तसम्ममा बैंकले संचालन मुनाफा पनि २६.९० प्रतिशतले वृद्धि भई ७ अर्ब ५६ करोड १ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

गत आवमा बैंकको वितरण योग्य मुनाफा पनि १५.८५ प्रतिशतले बढेर ३ अर्ब १९ करोड ९५ लाख ३६ हजार रुपैयाँ पुगेको छ । गत आवका लागि बैंक आफ्ना सेयरधनीहरुलाई दिन सक्ने लाभांश क्षमता भने १३.४४ प्रतिशत रहेको छ । बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ रहेको छ । उक्त अवधिमा बैंकको २ अर्ब ७७ अर्ब ४९ करोड २० लाख १३ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ५८ अर्ब ५४ करोड ४४ लाख २३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

गत आवमा बैंकको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ६३ पैसाले बढेर २१ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ भने ५ रुपैयाँले बढेर १५६ रुपैयाँ ११ पैसा कायम भएको छ ।

आज हामीले बैंकको वित्तीय अवस्था, लाभांश इतिहास र क्षमताको विषयमा चर्चा गरिरहेका छौं । बैंकले स्थापना भएदेखि हरेक वर्ष आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्दै आएको छ ।

बैंकले पछिल्ला आठ वर्षको लाभांश इतिहासलाई नियाल्दा औसतमा बैंकले १३ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

बैंकको लाभांश वितरणको इतिहासमा सबैभन्दा बढी आर्थिक वर्ष २०७५÷७६ सबैभन्दा बढी बाडेको छ । उक्त आवमा बैंकले आफ्ना सेयरधनीहरुलाई १२.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १२.७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

बैंकले आव २०७०/७१ मा २१ प्रतिशत बोनस सेयर र कर प्रयोगजनका लािग ४ प्रतिशत नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश आफ्ना सेयरधनीहरुलाई वितरण गरेको थियो ।

बैंकले आव २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २३ प्रतिशत बोनस वितरण गरेको थियो । यो वर्ष बैंकले नगद दिएको थिएन भने आव २०७२/७३ मा पनि बैंकले १६ प्रतिशत बोनस सेयर मात्रै वितरण गरेको थियो ।

बैंकले आव २०७३/७४ मा पनि सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, २०७४/७५ मा १६ प्रतिशत बोनस सेयर वितरण गरेको बैंकले उक्त वर्ष नगद दिएको थिएन ।

त्यसैगरि २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १४ प्रतिशत बोनस र २ प्रतिशत नगद गरि कूल १६ प्रतिशत लाभांश दिएको थियो । यता, आव २०७७/७८ मा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तो छ बैंकको लाभांश इतिहास

Tags :

प्रतिक्रिया दिनुहोस्