आरविवि मर्चेन्ट बैंकिङ्गको साधारण सभा सम्पन्न, ७.५ प्रतिशत नगद लाभांश पारित « Arthapath.com
३१ आश्विन २०७९, सोमबार

आरविवि मर्चेन्ट बैंकिङ्गको साधारण सभा सम्पन्न, ७.५ प्रतिशत नगद लाभांश पारित



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा संचालित सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङ्गको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले गत आर्थिक वर्ष २०७८/७९ को का लागि प्रस्तावित ७.५ प्रतिशत नगद लाभांश पारित गरेको छ । यसका साथै सोही आवका वार्षिक प्रतिवेदन समेत पारित गरेको हो ।

सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हाल शहरी क्षेत्रमा मात्र सिमित रहेको मर्चेन्ट बैकिङ्ग सेवालाई ग्रामिण क्षेत्रमा समेत विस्तार गर्ने दीर्घकालिन सोच अनुरुप रणनीति तयार गरी आफ्नो कार्यक्षेत्र विस्तार गर्दै जाुनपर्नेमा जोड दिए । उनले दूरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ्ग सेवा लिन सकिने वातावरण बनाउनुपर्ने बताए ।

सोही अवसरमा मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हाल २० करोड चुक्तापूंजी रहेको मर्चेन्ट बैंकिङ्गले इस्यु मेनेजमेन्ट, आरटिएस, पोर्टफोलियो मेनेजमेन्ट, अन्डरराइटिङ्ग, डिपोजेटरी पार्टिसिपेन्ट लगायतको सेवा दिई रहेको जानकारी गराए।

Tags :

प्रतिक्रिया दिनुहोस्