सगरमाथाले नेपाली माटो अनुकुलको शिक्षा दिन्छ, विद्यार्थीको पहिलो रोजाईमा छौंः प्रिन्सिपल गौतम {अन्तवार्ता} « Arthapath.com
४ श्रावण २०८०, बिहीबार

सगरमाथाले नेपाली माटो अनुकुलको शिक्षा दिन्छ, विद्यार्थीको पहिलो रोजाईमा छौंः प्रिन्सिपल गौतम {अन्तवार्ता}



शिक्षा प्रणालीलाई सहि वाटोमा ल्याउन अव टालटुले नीतिले सम्भव देखिदैन । दृढ इच्छा शक्ति र दरो राजनीतिक प्रतिवद्धताका साथ शिक्षा विकासलाई एउटा अभियानकै रुपमा विकास गर्ने हो भने स्थानीय तहलाई थप जिम्मेबार, स्रोत साधन सम्पन्न बनाउन आवश्यक देखिन्छ ।

प्रत्येक वर्ष पढ्न तथा रोजगारीका लागि विदेशिने युवा पुस्तालाई गुणस्तरीय शिक्षा तथा रोजगारीको अवसर प्रदान गरी स्वदेशमै आकर्षित गर्न प्राविधिक तथा सिपमूलक शिक्षामा जोड दिन जरुरी छ । सरकारले पनि नेपाली माटो अनुकुलको शिक्षा योजना निर्माण गरि त्यसलाई प्रभावकारी कार्यान्वयन गर्न सम्पूर्ण सरोकारवालहरुलाई विश्वासका लिने हिम्मत गर्न आवश्यक देखिन्छ ।

एसईईको नतिजा सार्वजनिक भए यता देशभरका कलेजहरुले कक्षा ११मा भर्ना सुरु गरिरहेका छन् । त्यसै मध्य विद्यार्थीहरुलाई सबल शिक्षा दिदै आएको तथा मोरङको उत्कृष्ट कलेजको रुपमा कहलिदैं आएको सगरमाथा कलेजमा पनि विद्यार्थी भर्नाको चाप बढेको छ । सगरमाथा कलेज विराटनगर तिनटोलियामा रहेको छ ।

सगरमाथा कलेजका प्रिन्सिपल त्रिलोचन गौतमसँग अर्थपथ डटकमका सम्बाददाता दिपक बिष्ट ले गरेको कुराकानीको अशः

सगरमाथा कस्तो कलेज हो ? यहाँ कुन कुन विषय अध्ययन गराइरहनु भएको छ ?

सगरमाथा कलेज एउटा नेपालमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुले कुनै पनि किसिमको शैक्षिक अवसरबाट बचित नहुन भनेर सुरु गरेको एक सर्वशुलभ कलेज हो । विद्यार्थीलाई शिक्षा मात्र होइन जीवन जीउन सिकाउन एक प्रतिष्ठित कलेज हो ।

अहिले हामीले म्यानेजमेन्ट, साइन्स र कानुन विषय अध्ययन गराइ रहेका छौं ।

एसईई नतिजामा सगरमाथाको नतिजा कस्तो ल्याएको छ ?

सगरमाथाका १०० विद्यार्थी एसईईमा सहभागि भएका थिए । अधिकांश विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउदा अभिभावक र विद्यार्थीको पहिलो छनोटमा सगरमाथा पर्ने सफल भइरहेको छ । सबै भन्दा उत्कृष्ट नतिजा ३.९५ जिपिए रहेको छ । ३.९ जिपिए पाँच ल्याउँदा ७२ जनाको ए प्लस ग्रिड आएको छ भने बाँकी रहेका विद्यार्थीहरुले ए ल्याउन सफल भएका छन् ।

अहिले कक्षा ११ भर्नाको सिजन चलिरहेको छ ? सगरमाथामा विद्यार्थीको आकर्षण कतिको रहेको छ ?

हामीले आफ्नो शिक्षाको गुणस्तरियतालाई थप सबल अनि ब्यवहारिक बनाउन लागि परेका छौं । नयाँ ब्यवस्थापनसहित अहिले नयाँ ढङ्गले कलेज अगाडि बढी रहेको छ । विद्यार्थीको पढाई, अनुशासन, संस्कार लगायतका विषयमा ध्यान दिई हामीले शिक्षा प्रदान गरी रहेका छौं । सगरमाथाले संख्या भन्दा पनि गुणस्तरियतालाई बढी ध्यान दिने गरेका छौं ।

अहिले हामीले म्यानेजमेन्टमा २ सेक्सनमा ६० जना, साइन्समा २ सेक्सनमा ६० जना र कानुनमा १ सेक्सनमा ३० जनालाई भर्ना गराउने छौं । अहिले ११ कक्षामा ६ सेक्सन मध्य ४ सेक्सनमा भर्ना पुरा भइसकेको छ । विद्यार्थीका चापलाई मध्यनजर गर्दै साइन्समा सेक्सन थप गर्नु पर्न अवस्था आएको छ ।

जिपिए सिस्टममा जाँदा विद्यार्थीहरुको नतिजामा सुधार देखिएको छ ? यसलाई तपाईले कसरी लिनु भएको छ ?

जिपिए सिस्टम कसका लागि बनायो खै ? यो सिपिए सिस्टम भन्दा पनि नम्बर पद्धति नै उत्तम हो । किनपनि भने नम्बर पद्धतिमा सिधा यति नम्बर ल्याए पास फेल भन्ने कुरा स्पष्ट खुलाएको छ । जिपिएमा ग्रेडमा नम्बर अस्ष्टता रहेको छ ।

अहिलेको सिस्टममा विद्यार्थीको प्रयोगात्मक जोड्यो भने लिखितबाट १० नम्बर मात्र ल्याए पुग्ने अवस्था रहेको छ ।

विद्यार्थीहरुलाई शिक्षाका साथै संस्कार, गुणस्तरीय, र ब्यवहार सिकाउन सगरमाथा कलेजको भुमिका कस्तो छ ?

सगरमाथाले सख्यालाई जोड दिदैंनौं भन्नाको अर्थबाटै प्रष्ट हुन्छ हामी विद्यार्थीहरुलाई जीवन जीउने आधार समेत खडा गरी दिन्छौं । पढाई मात्र ठुलो कुरा होइन नम्बर र ज्ञान भन्ने कुरा फरक हुन्छ । नम्बर भनेको लाइसेन्स मात्र हो हामीले दक्षता पनि दिने र लाइसेन्स पनि दिने काम गर्छौ ।

एक विद्यार्थीले ज्ञान त सिक्छ त्यसलाई आफ्नो जीवनमा प्रयोग कसरि गर्छ भन्ने कुरामा सरगमाथा कलेजले ध्याने गरेको छ । एक विद्यार्थीले लागुपदार्थ सेवन गर्नु स्वास्थ्यका लागि हानिकार विषय हो भन्ने पढ्ने तर आफैले लागुपदार्थ सेवन गर्दै हिड्यो भने त्यो शिक्षाको औचित्य नै भएन् । त्यसैले हामीले ब्यवाहारिक ज्ञान रसंस्कार दिने विषय पनि प्रमुख दायित्वको रुपमा लिदै अगाडि बढी रहेका छौं ।

प्रत्येक दिन विद्यार्थी विदेशिने गरेका छन् । नेपाल कै शिक्षाले गरि खाने बाटो तयार पार्छ भन्ने आधार के के हुन सक्छन् ?
नेपालको शिक्षा उत्तम नै छ । राज्य तह र सरकारवालाले केहि शिक्षामा रहेका नकरात्मक पद्धतिलाई ब्यवस्थित बनाउदैं अगाडि बढाउनु पर्ने आवश्यक रहेको छ ।

कलेजहरुले पनि विद्यार्थीहरुलाई पढाई नम्बर भन्दा पनि जीवन जीउने आधारशिला निर्माण गर्नुपर्छ । विद्यार्थीहरुले रुचाएको तथा पढ्न खोजेको विषय र भोलिको दिनमा सजिलै सिप हासिल गर्न सक्ने विषयमा पनि कलेजहरुले ध्यान दिनुपर्ने हुन्छ । बाहिरिनु नै पर्छ बाहिर कै शिक्षा राम्रो भन्ने हुदैन । बाहिरबाट सिप सिकेर स्वदेशमा सदुपयोग गर्नु दोस्रो विषय हो ।

विद्यार्थीले सरगमाथा कलेज नै रोज्नुपर्ने कारण के के छन् ?

अहिलेको अवस्थामा पढेर मात्र हुदैंन त्यसलाई उपयोग गर्ने जान्नु पर्छ त्यसका कारण विद्यार्थीले जीवन उपयोगि शिक्षा पाउनु पर्दछ । सस्कारसहितको शिक्षा सगरमाथाको प्रमुख उद्देश्य हो ।

अर्का कुरा के छ भने पुस्तकालय, विज्ञान प्रयोगशाला तथा इन्टरनेट सहितको आधुनिक कम्प्युटर ल्याब जस्ता कुरा पनि छन् । यी कुरा नै सगरमाथा रोज्नु पर्ने मुख्य कारण हो ।

एसईई पछि नतिजा खस्किनुमा कलेजको लाप्रबाहि हो । सगरमाथाले विद्यार्थीहरुलाई गतलबाट नजान सजक गराउछ । सो कारण पनि विद्यार्थी र अभिभावकको रोजाइमा हामी पर्छौ । साथै, उच्च शिक्षामा विभिन्न संगठन वा राजनितिकर्ताहरुले पार्टी सदस्यता बनाए पनि विद्यार्थीका नतिजा खस्किएको छ । यस्ता समस्याबाट मुक्त हुन पनि विद्यार्थी सगरमाथामा भर्ना हुनु आवश्यक छ ।

लागुपदार्थ सेवनमा विद्यार्थी लिप्त देखिन्छ ? सगरमाथा कलेजले नियन्त्रणका लागि कस्तो भुमिका खेल्दैं छ ?

यो अहिले मुख्य समस्या हो । यसमा कोहि निर्दोष हुन सक्दैन । विद्यार्थी लागु पदार्थ सेवन रोक्न समाज, राज्य, सरोकारवाला, अभिभावक र विद्यालयले भुमिका खेल्नु आवश्यक छ ।

बजारमा जतातेतै पाइने लागुपदार्थ सेवनले विद्यार्थीहरुको स्वास्थ्यमा त खतरा गरेको छ नै साथसाथै विद्यार्थीहरुको भविष्यमा नै अन्यौल सिर्जना गरेको छ । विराटनगरको हकमा सुर्ताजन्य पदार्थ बिक्रि वितरणमा रोक लागे पनि ब्यपारीले मानेका छैन । त्यसमा ब्यपारीको पनि दोष उत्तिकै छ । अभिभावकले पनि छोरा छोरीलाई गतल बाटो जान नदिन सजक गराउनु पर्छ ।

सगरमाथाले यस्तो गतलबाटो विद्यार्थीलाई जान नदिन विभिन्न माध्यमबाट जनचेतना दिने, लागूपदार्थ सेवनको असरबाट जानकारी दिने, अभिभावकसँग विद्यार्थीलाई लागुपदार्थ सेवन गर्ने नदिन छलफलमा गर्ने लगायतका काम गरी रहेका छौं । यसमा समाज, राज्य, ब्यवसायिबाट सहयोग हुनु आवश्यक छ ।

एसईई पास गरेका विद्यार्थीहरुलाई तपाईको सुझाव के छ ?

विद्यार्थीहरुले जुन आफुले रुचाएको विषय हो त्यो पढ्नु पर्छ । विद्यार्थीहरुले जुन विषयले भविष्यमा सिप सिकाउछ, जीवन जीउने आधार खडा गर्छ त्यस्तो विषय अध्ययन गर्नु पर्छ ।

साथै, कलेजको विल्डिङ हेरेर होइन विद्यार्थीले गुणस्तरीय, संस्कार, ब्यवहार र जीवन जीउन सिकाउने कलेज छनोट गर्नुहोस् ।


प्रतिक्रिया दिनुहोस्