सिटिजन्स बैंकको छुटै छुट योजना सार्वजनिक « Arthapath.com
५ बैशाख २०८१, बुधबार

सिटिजन्स बैंकको छुटै छुट योजना सार्वजनिक



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले १७औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ ।

वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले वैशाख १ गते देखि ३१ गतेसम्म विभिन्न सुविधामा छुट, क्यासब्यक, लगायतका योजनाहरु सार्बजनिक गरेको छ ।

यो योजना अन्तर्गत डेबिट-क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईन मार्फत १ हजार वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढिमा १७० रुपैयाँ क्यासब्याक दिइने छ ।

यस्तै सिटिजन्स स्मार्ट मार्फत क्यु आर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि ५ सय रुपैयाँ वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा १७० रुपैयाँ क्यास ब्याक प्रदान गरिने बैंकले जनाएको छ ।

डिजिटल भुक्तानीको अर्को माध्यम इ-कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधीभरमा इ-कम कार्ड लिन चाहनुहुने ग्राहकहरुलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने जनाएको छ ।

बैंकले यो योजना अवधिभर ग्राहकहरुका लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था गरेको छ । साथै बैंकका निश्कृय मोबाईल बैंकिङ्ग ग्राहकहरुलाई योजना अवधिभर सेवा सक्रिय गर्दा एकमुष्ठ १५० रुपैयाँ छुट प्रदान गरिने समेत जानकारी बैंकले गराएको छ ।

बैंकले देशैभरी रहेका १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ४६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्