मनकामना केबलकार शुक्रबार बन्द हुने « Arthapath.com
६ बैशाख २०८१, बिहीबार

मनकामना केबलकार शुक्रबार बन्द हुने



काठमाडौं । भोली (शुक्रबार) मनकामना केबलकार शुक्रबार बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही वैशाख ७ गते शुक्रबारका दिन केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।

चितवनको इच्छाकामना गाउँपालिका-४ कुरिनटारबाट गोरखाको सहिदलखन गाउँपालिका-३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिर जाने भक्तजनको सहजताका लागि विसं २०५५ मा उक्त केबलकार सञ्चालनमा ल्याइएको हो।

केबलकारमा ३४ वटा डब्बा सञ्चालनमा छन् । केबलकार सञ्चालनमा आएको २६ वर्षमा १ करोड ८४ लाख यात्रुले सेवा लिइसकेका छन् । जसमा ७० प्रतिशत नेपाली रहेको मनकामना दर्शन प्रालिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्