ग्लोबल आइएमई बैंकले कमायो ३ अर्ब ३० करोड नाफा « Arthapath.com
७ बैशाख २०८१, शुक्रबार

ग्लोबल आइएमई बैंकले कमायो ३ अर्ब ३० करोड नाफा



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई बैंकले ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २४.१३ प्रतिशतले कम हो । गत वर्षको यसैअवधिमा बैंकले ४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

एक वर्षको अवधिमा बैंकको सञ्चालन नाफा २२.२८ प्रतिशतले घटेर ४ अर्ब ७१ करोड रुपैयाँमा सीमित भएको छ । गत वर्ष बैंकले ६ अर्ब ६ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी १०.४९ प्रतिशतले बढेर १३ अर्ब २ करोड पुगेको छ । गत वर्ष यसले ११ अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको खराब कर्जा ०.७८ प्रतिशतले बढेर ४.७४ प्रतिशत पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा यस बैंकको वितरणयोग्य नाफा ४२ करोड ३१ लाख रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८८ पैसाले घटेर १२ रुपैयाँ २ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १६०.९२ रुपैयाँ छ ।

३६ अर्ब १२ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २२ अर्ब ४३ करोड १७ लाख रुपैयाँ सञ्चित छ ।
यो अवधिमा ४ खर्ब ५९ अर्ब ७७ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ६६ अर्ब ६० करोड २१ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्