एभरेष्ट बैंकको नाफामा सामान्य वृद्धि , वितरणयोग्य मुनाफा कति ? « Arthapath.com
७ बैशाख २०८१, शुक्रबार

एभरेष्ट बैंकको नाफामा सामान्य वृद्धि , वितरणयोग्य मुनाफा कति ?



काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ६० करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिमा भन्दा ५.७७ प्रतिशतले धेरै हो । गत वर्ष एभरेष्टले २ अर्ब ४६ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

एभरेष्ट बैंकको खुद ब्याज आम्दानी ०.८२ प्रतिशतले बढेर घटेर ५ अर्ब ६३ करोड ३० लाख रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ५८ करोड ७२ लाख रुपैयाँ रहेको थियो ।

बैंकको सञ्चालन नाफा पनि ५.७८ प्रतिशतले बढेर ३ अर्ब ७२ करोड ६५ लाख रुपैयाँ पुगेको छ । यसको इम्पेयरमेन्ट चार्ज भने ५५ करोड १४ लाखबाट बढेर ६३ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।

बैकको वितरण योग्य मुनाफा २ अर्ब ७५ करोड ११ लाख रुपैयाँ रहेको छ ।

खराब कर्जा ०.७० प्रतिशतमा स्थिर रहेको छ । प्रतिसेयर आम्दानी १.१९ रुपैयाँले घटेर २९.५५ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ २२६.७३ रुपैयाँ कायम भएको छ ।

११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २३ करोड ८४ लाख रुपैयाँ सञ्चित छ । व्हैत मसान्तसम्म बैंकले २ खर्ब १४ अर्ब ५७ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब ६३ करोड ८५ लाख रुपैयाँको कर्जा प्रवाह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्