सेयर बजारमा छैन उत्साह, पर्ख र हेरको अवस्थामा लगानीकर्ता « Arthapath.com
१२ बैशाख २०८१, बुधबार

सेयर बजारमा छैन उत्साह, पर्ख र हेरको अवस्थामा लगानीकर्ता



काठमाडौं- बुधबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ०.१५ अंकले बढेर बजार १९६९.१७ बिन्दुमा पुगेको छ।

११३ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ।

११७ कम्पनीको सेयर मूल्य घटेको छ भने १५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। पछिल्लो समय लगानीकर्ताहरूमा कुनै उत्साह देखिएको छैन । लगानीकर्ताहरू अहिले पर्ख र हेरको अवस्थामा रहेका छन् ।

यस दिन १० उपसमूहको सेयर मूल्य घटेको छ । बाँकी ३ समूहको सेयरमूल्यमा झिनो वृद्धि देखिएको छ । आज फाइनान्स समूह सबैभन्दा धेरै २.४४ प्रतिशत बढ्यो । बैंकिङ ०.२१ र उत्पादन समूह ०.७५ प्रतिशत बढेको छ । ब्यापार ०.१२, अन्य ०.०९, निर्जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.०५, जीवन बीमा ०.४०, हाइड्रोपावर ०.२०, लगानी ०.२८, होटल तथा पर्यटन ०.४४ र विकास बैंक समूह ०.१३ प्रतिशत घटे ।

नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर कारोबार उच्च रहेकाले कारोबार रकम बढेको देखिएको हो । सो कम्पनीको ६३ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भयो।

पोखरा फाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.८ प्रतिशत घटेको छ ।


प्रतिक्रिया दिनुहोस्