नेपाल एसबिआई बैंकको ऋणपत्रमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ? « Arthapath.com
३१ श्रावण २०८०, बुधबार

नेपाल एसबिआई बैंकको ऋणपत्रमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?



काठमाडौं । नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन अन्तिम दिनसम्म ४ हजार ५७२ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात साउन ३१ गते साँझ ५:०६ बजेसम्म १ अर्ब १५ करोड २४ लाख ५० हजार रुपैयाँ संकलन हुँदा ११ लाख ५२ हजार ४५० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले साउन १८ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । एसबीआईले १० वर्ष अवधिको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ गर्ने छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र जारी गरेको थियो । जस मध्ये १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गरेको छ । बाँकी ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात् ४० हजार इकई ऋणपत्र छुट्याएको छ । जसमा वार्षिक ९ प्रतिशत ब्याजदर हुने छ । कम्पनीको बिक्री प्रबन्धकको रुपमा एनएमबि क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्