कुमारी बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गर्ने, बोर्डले दियो अनुमति « Arthapath.com
१६ आश्विन २०८०, मंगलवार

कुमारी बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गर्ने, बोर्डले दियो अनुमति



काठमाडौँ । कुमारी बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

अब बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्नेछ । प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । ऋणपत्रको नाम ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ रहेको छ।

ऋणपत्रको अवधि १० वर्ष रहनेछ । ऋणपत्रमध्ये २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सर्वसाधारण र ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ र कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्