आरम्भ चौतारी लघुवित्तको शेयर कारोबार मर्जरका कारण रोक्का « Arthapath.com
११ आश्विन २०७७, आईतवार

आरम्भ चौतारी लघुवित्तको शेयर कारोबार मर्जरका कारण रोक्का



काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार गर्न नेपाल स्टक एक्सचेञ्ज नेप्सेले रोक्का गरेको छ ।


गएको भदौ ९ गते आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था र शालिग्राम लघुवित्त वित्तीय संस्था बीच एक आपसमा गाभ्ने र गाभिने मर्जर सम्झौता भएकोले आरम्भ चौतारी लघुवित्तको कारोबार रोक्का भएको नेप्सेले जनाएको छ ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था दोश्रोबजारमा सूचीकृत कम्पनी हो भने अरु दुई ओटा भने सूचीकृत का छैन्न ।
आरम्भ लघुवित्त र चौतारी लघुवित्त एक आपसमा गाभिएर आरम्भ चौतारीको नाममा एक भएका हुन ।


प्रतिक्रिया दिनुहोस्