कहाँ पुग्दै छ सेयर बजार, २८५० मा प्रतिरोध सामना गर्दै नेप्से « Arthapath.com
१० जेष्ठ २०७८, सोमबार

कहाँ पुग्दै छ सेयर बजार, २८५० मा प्रतिरोध सामना गर्दै नेप्से



काठमाडौं । बजार खुल्नासाथ विहान ११ः०४ बजे २८५१ अंकसम्म पुगेर ओरालो लागेको नेप्से ११ः५५ मा २८३० अंकमा झर्यो । त्यसपछि नेप्से परिसूचक विस्तारै उकालो लाग्न थालेको छ । यो साता बाणिज्य बैंक समूहको परिसूचक उकालो लाग्न थालेको छ । यसले सेयर बजारलाई केही हदसम्म माथि धकेल्ने आशा मुख्य लगानीकर्ताले गरेका छन् ।

यद्यपि, नेप्सेले २८५० अंकको हाराहारीमा प्रतिरोधको सामना गर्ने संभावना कायमै छ । अहिलेको अवस्थाबाट बजार उचालिए ३ हजारदेखि ३१०० अंकसम्म पुग्नसक्ने प्राविधिक अनुमान लगानीकर्ताले गर्दै आएका छन् । तर यसका लागि ठूलो मात्रामा बजार पूँजीकरण भएका बाणिज्य बैंकहरुको शेयर मूल्य बढ्नु आवस्यक छ ।

पछिल्लो समय हिमालयन र नेपाल इन्भेष्टमेण्ट बैंकको सेयर कारोबार बन्द भएपछि बाणिज्य बैंक समूहमा केही हदसम्म भए पनि सेयरको आपूर्ति खुम्चिएको छ । यसले अन्य बैंकको सेयर मागलाई तुलनात्मक रुपमा बढाउन मद्दत पुग्ने छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्