सार्वेच्च अदालतद्वारा पूर्व अध्यक्ष भिष्म ढुंगानाको रिटमा अन्तरिम आदेश दिन अस्वीकार « Arthapath.com
२१ मंसिर २०७८, मंगलवार

सार्वेच्च अदालतद्वारा पूर्व अध्यक्ष भिष्म ढुंगानाको रिटमा अन्तरिम आदेश दिन अस्वीकार



काठमाडौं । नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष भिष्म ढुंगानाको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकाृर गरेको छ । नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष भिष्मराज ढुंगानाले सर्वोच्च अदालतमा दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । तर अदालतले अन्तरिम आदेश जारी गर्न भने अस्वीकार गरेको हो ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश जारी नहुने फैसला गरेको हो । केही महिना अघि सरकारले ढुंगानालाई सेबोनको अध्यक्ष पदबाट बर्खास्त गरेको थियो । उक्त निर्णय खारेज गरि अन्तरिम आदेश दिन माग गर्दै ढुंगानाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सर्वोत्तम सिमेन्टको शेयर ओटीसी बजारमा खरिद गरेको विषयमा विवाद उत्पन्न भएपछि सरकारले अध्ययन समिति गठन गरेको थियो । समितिले अध्ययन गरेपछि ढुंगानालाई बर्खास्त गर्न भनेको थियो । उक्त निर्णयगरेपछि ढुंगानाले रिट दायर गरेका थिए ।

सर्वोत्तमा सिमेन्टको सेयर खरिद गरेको विषयमा ढुंगाना विवादमा तानिएका थिए । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत् आइपीओ जारी प्रक्रिया शुरु भएपछि ढुंगानाले अमेरिका बस्ने छोरी रेबिकाको नाममा १० हजार कित्ता सेयर किनेको भेटिएको हो ।

बुक बिल्डिङमार्फत् साढे ७ सय रुपैयाँमा सेयर बेच्ने घोषणा गरेको सर्वोत्तमको सेयर रेबिकासहित स्वार्थ गासिने व्यक्तिहरुले भने २५० रुपैयाँमै किनेको भेटिएपछि ढुंगाना विवादमा तानिएका हुन् । उक्त विषयमा सरकारले छानबिन समिति गठन गर्दै ढुंगानालाई निलम्बन गरेको थियो । साथै उक्त समितिले प्रतिवेदन बुझाउँदै ढुंगानालाई दोषी ठहर गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्