छ्याङ्दी हाइड्रोपावरको ८ करोड ९३ लाखको हकप्रद विक्री खुल्ला, २० गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले आवेदन दिन पाउने « Arthapath.com
११ माघ २०७८, मंगलवार

छ्याङ्दी हाइड्रोपावरको ८ करोड ९३ लाखको हकप्रद विक्री खुल्ला, २० गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले आवेदन दिन पाउने



काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर विक्री खुल्ला गरेको छ । हाइड्रोपावरले आज माघ ११ गतेबाट हकप्रद शेयर निष्काशन तथा विक्री खुल्ला गरेको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

कम्पनीले १ सय रुपैयाँ अंकित दरका ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद बिक्री गर्नेछ । हकप्रद शेयर जारी पश्चात चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ पुग्नेछ । हाल कम्पनीको चुक्ता पूँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

हकप्रद निष्काशनका लागि कम्पनीले पौष २१ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । त्यसैले पौष २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद शेयरमा फागुन २ गतेसम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकको लमजुङ्गका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिनसक्नेछन् ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्