इमर्जिङ्ग नेपालको आईपीओमा ४१ गुणा आवेदन « Arthapath.com
२८ माघ २०७८, शुक्रबार

इमर्जिङ्ग नेपालको आईपीओमा ४१ गुणा आवेदन



काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीओमा ४१ गुणा बढी आवेदन परेको छ । शुक्रबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा १८ लाख २ हजार १८२ जना आवेदकले २ करोड ९ लाख ६९ हजार १९० कित्ता शेयरको लागि आवेदन दिएका हुन् । यो माग गरेको भन्दा ४०.५८ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले माघ २६ गतेदेखि ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सयकित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई र बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयर सर्वसाधारणलाई छुट्याएको छ ।

कम्पनीले आईपीओमा छिटोमा फागुन १ गते बन्द हुनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्