समता घरेलु लघुवित्तले एफपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग « Arthapath.com
२२ फाल्गुन २०७८, आईतवार

समता घरेलु लघुवित्तले एफपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग



काठमाडौं । समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडले एफपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ । कलघुवित्तले २ लाख ८९ हजार ४४९ कित्ता एफपीओ निष्काशन गर्ने भएको हो । लघुवित्तले एफपीओ निष्कासन प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

सम्झौतापत्रमा समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।

साविक समता लघुवित्त वित्तिय संस्था लि.र साविक घरेलु लघुवित्त वित्तिय संस्था लि.विच शेयर आदान प्रदान दर १००ः८० (समताःघरेलु) कायम हुने गरि गाभिएका थिए । दुवै संस्था गाभएिपश्चात् संस्थाको कुल चुक्ता पूँजी २८ करोड ५६ लाख २० हजार १६० रुपैयाँ पुगेको थियो । जसमा लघुवित्तले २० प्रतिशत बोनस शेयर वितरणपश्चात् चुक्ता पूँजी ३४ करोड २७ लाख ४४ हजार १९२ रुपैयाँ पुगेको थियो ।

लघुवित्तले शेयर संरचना ७०ः३० (संस्थापकःसर्वसाधारण) कायम हुने गरि जारी हुन बांकि शेयर फर्दर पब्लिक ईस्युद्धारा सर्वसाधारणमा जारी गर्ने भएको हो ।


प्रतिक्रिया दिनुहोस्