नेप्से १४.३७ अकंले बढ्दा कारोबार भने १ अर्बमा खुम्चियो, १३ वटै उपसूचक हरियाली « Arthapath.com
११ जेष्ठ २०७९, बुधबार

नेप्से १४.३७ अकंले बढ्दा कारोबार भने १ अर्बमा खुम्चियो, १३ वटै उपसूचक हरियाली



काठमाडौं । साताको चौथो दिने नेप्सेमा फेरी सुधार आएको छ । मंगलबार १६.३२ अकंले बढेको नेप्से आज भने १४.३७ अकंले बढेर २२३१.५७ बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको २६ लाख ९४ हजार ४२९ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा सुधार आएको भए पनि कारोबार भने १ अर्ब ४ करोड ४६ लाख २६ हजार ९३९ रुपैयाँमा सिमित भएको छ । अघिल्लो कारोबारको दिन भने नेप्सेमा सूचीकृत २२४ कम्पनीको ३१ लाख ७३० कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ८ करोड ८८ लाख ३३ हजार ५४१ रुपैयाँको कारोबार भएको थियो ।

आज नेप्से सुधार आएसँगै सबै उपसूचकमा हरियाली छाएको छ । बुधबार बैंकिङ समूहको ०.५३ प्रतिशत, ब्यापार समूहको १.५३ प्रतिशत, होटल तथा पर्यटन समूहको ० प्रतिशत, विकास बैंक समूहको ०.६६ प्रतिशत, हाइड्रोपावर समूहको १.१९ प्रतिशत, फाइनान्स समूहको ०.५८ प्रतिशत, निर्जीवन बीमा समूहको १.४३ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.५७ प्रतिशत, अन्य समूहको ०.५३ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.६४ प्रतिशत, जीवन बीमा समूहको ०.६२ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.४८ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.१६ प्रतिशतले शेयर मुल्य बढेको हो ।


प्रतिक्रिया दिनुहोस्