मेगा बैंक नेपालको शेयरमा सर्किट, यी लगानीकर्ताले आज सर्वाधिक कमाए गुमाए « Arthapath.com
१२ जेष्ठ २०७९, बिहीबार

मेगा बैंक नेपालको शेयरमा सर्किट, यी लगानीकर्ताले आज सर्वाधिक कमाए गुमाए



काठमाडौं । साताको पाँचौ दिन नेप्सेमा सामान्य सुधार आएको छ । बिहिबार नेप्से परिसूचक ८.०३ प्रतिशतले बढेर २२३९.६० बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको २३ लाख २४ हजार ६६५ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा सुधार आएको भए पनि कारोबार भने ८८ करोड ९८ लाख ३४ हजार ९०८ रुपैयाँमा सिमित भएको छ ।

नेप्से बढेर कारोबार समेत खुम्चिएको भए पनि मेगा बैक नेपालको शेयरमा आज सर्किट लागेको छ । साथै, नारायणी डेभलमपेन्ट बैंकको ६.२० प्रतिशत, कुमारी इक्वाटी फण्डको ५.२६ प्रतिशत, ग्रीनलाइफ हाइड्रोपावरको ४.०३ प्रतिशत र एनआईबिएल समृद्धि फण्ड २ को ३.५३ प्रतिशतले बढेको हो ।

बिहिबार सर्वाधिक गुमाउने कम्पनीमा गुराँस लघुवित्त रहेको छ । कम्पनीको शेयर आज ५.४७ प्रतिशतले घटेको हो । साथै, सिगंटी हाइड्रो इर्नर्जीको ३.७६ प्रतिशत, रुरु जलविद्युत परियोजनाको ३.६१ प्रतिशत र माउन्टेन इर्नर्जी नेपालको ३.५५ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्