नेप्से ८.०३ अकंले बढ्दा कारोबार ८८ करोड मात्र, ८ उपसूचक हरियाली « Arthapath.com
१२ जेष्ठ २०७९, बिहीबार

नेप्से ८.०३ अकंले बढ्दा कारोबार ८८ करोड मात्र, ८ उपसूचक हरियाली



कामठमाडौं । बिहिबार नेप्से परिसूचक ८.०३ प्रतिशतले बढेर २२३९.६० बिन्दुमा बन्द भएको छ । बुधबार नेप्से १४.३७ अकंले बढेर २२३१.५७ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको २३ लाख २४ हजार ६६५ कित्ता शेयर किनबेच हुदाँ ८८ करोड ९८ लाख ३४ हजार ९०८ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने नेप्सेमा सूचीकृत २२६ कम्पनीको २६ लाख ९४ हजार ४२९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४ करोड ४६ लाख २६ हजार ९३९ रुपैयाँको कारोबार भएको थियो ।

आज नेप्सेमा सामान्य सुधार आउदा ८ उपसूचकमा हरियाली छाएको छ । बिहिबार बैंकिङ समूहको ०.९८ प्रतिशत, ब्यापार समूहको ०.३९ प्रतिशत, निर्जीवन बीमा समूहको ०.०८ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.५१ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.०९ प्रतिशत, जीवन बीमा समूहको ०.८३ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.८५ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.१८ प्रतिशतले शेयर मूल्य बढेको हो ।

त्यस्तै आज होटल तथा पर्यटन समूहको ०.७४ प्रतिशत, विकास बैंक समूहको ०.१९ प्रतिशत, हाइड्रोपावर समूहको ०ं१७ प्रतिशत, फाइनान्स समूहको ०.२२ प्रतिशत र अन्य समूहको ०.८६ प्रतिशतले शेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्