यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए « Arthapath.com
१३ जेष्ठ २०७९, शुक्रबार

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए



काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से १५.८२ अकंले घटेर २२२३.७८ बिन्दुमा बन्द भएको छ । केही दिनदेखि सुधार आएको नेप्से आज फेरी राताम्य भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको ४१ लाख ४० हजार ६६५ कित्ता शेयर किनबेच भएको छ । नेप्से राताम्य हुदाँ १ अर्ब २९ करोड ८९ लाख ५ हजार ५८९ रुपैयाँको कारोबार भएको हो ।

आज नेप्से घटे पनि रुरु जलविद्युत प्रयोजनाको शेयर सर्वाधिक बढेको छ । कम्पनीको शेयर आज ६.१३ प्रतिशतले बढेको हो । साथै, नारायणी डेभलपमेन्ट बैंकको ५.३१ प्रतिशत, उपकार लघुवित्तको ४.०४ प्रतिशत, यूनाइटेड इदी मार्दी आरबि हाइड्रोापावरको ४.०१ प्रतिशत र मेगा म्युचुअल फण्ड १ को २.३१ प्रतिशतले शेयर बढेको हो ।

शुक्रबार सर्वाधिक गुमाउने कम्पनीमा दिव्यशोरी हाइड्रोापारले सर्वाधिक गुमाएको छ । कम्पनीको शेयर आज ३.७५ प्रतिशतले घटेको हो । साथै, हिमाल दोलाखा हाइड्रोपावरको ३.७४ प्रतिशत, कर्णाली डेभलपमेन्टको ३.६५ प्रतिशत र उप्पर तामाकोशी हाइड्रोपावरको ३.२१ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्