नेप्से १५.८२ अकंले घट्दा कारोबार १ अर्ब २९ करोड, १२ उपसूचक राताम्य « Arthapath.com
१३ जेष्ठ २०७९, शुक्रबार

नेप्से १५.८२ अकंले घट्दा कारोबार १ अर्ब २९ करोड, १२ उपसूचक राताम्य



काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से १५.८२ अकंले घटेर २२२३.७८ बिन्दुमा बन्द भएको छ । केही दिनदेखि सुधार आएको नेप्से आज फेरी राताम्य भएको छ । बिहिबार नेप्से परिसूचक ८.०३ प्रतिशतले बढेर २२३९.६० बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको ४१ लाख ४० हजार ६६५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २९ करोड ८९ लाख ५ हजार ५८९ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको २३ लाख २४ हजार ६६५ कित्ता शेयर किनबेच हुदाँ ८८ करोड ९८ लाख ३४ हजार ९०८ रुपैयाँको कारोबार भएको छ ।

आज १२ उपसूचकमा राताम्य भएको छ । शुक्रबार बैंकिङ समूहको ०.३९ प्रतिशत, ब्यापार समूहको ०.६८ प्रतिशत, विकास बैंक समूहको ०.९७ प्रतिशत, हाइड्रोापवर समूहको १.१५ प्रतिशत, फाइनान्स समूहको १.३७ प्रतिशत, निर्जीवन बीमा समूहको ०.७२ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.७ प्रतिशत, अन्य समूहको १.७९ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.४५ प्रतिशत, जीवन बीमा समूहको ०.७३ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.०४ प्रतिशत र इन्भेष्मेन्ट समूहको ०.५८ प्रतिशतले शेयर मूल्य घटेको हो । आज होटल तथा पर्यटन समूहको ०.०८ प्रतिशतले शेयर मूल्य बढेको हो ।


प्रतिक्रिया दिनुहोस्