ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ असार २२ गतेदेखि निष्काशन गरिने « Arthapath.com
१० असार २०७९, शुक्रबार

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ असार २२ गतेदेखि निष्काशन गरिने



काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले असार २२ गतेदेखि ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । ग्लोबल आइएमई क्यापिटल ग्लोबल आइएमई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । उक्त फण्डको अवधि १० वर्ष रहेको छ भने एक बन्दमुखी योजना हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । जसमध्ये १.५० प्रतिशत वा १८ लाख इकाई ग्लोलब आइएमई क्यापिटललाई र बाँकी १३.५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाई कोष प्रवर्धक ग्लोबल आइएमई बैंकलाई सुरक्षित गरिएको छ । बाँकी १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्ने भएको हो ।

क्यापिटलको उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । उक्त फण्डको इकाईमा छिटोमा असार २६ गतेससम्म र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्