सुपर मादी हाइड्रोपावरले आईपीओ निष्काशनका लागि बोर्डमा दियो आवेदन « Arthapath.com
२० असार २०७९, सोमबार

सुपर मादी हाइड्रोपावरले आईपीओ निष्काशनका लागि बोर्डमा दियो आवेदन



काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न असार १५ गते बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले आायोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई समेत कुल ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि असार १५ गते बोर्डमा निवेदन दिएको हो ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडलाई दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्