वैदेशिक रोजगार डिम्याट खाता खोल्दै हुनुहुन्छ ? एनआईसी एशिया क्यापिटलले ल्यायो यस्ता सुविधाहरु « Arthapath.com
२० मंसिर २०७९, मंगलवार

वैदेशिक रोजगार डिम्याट खाता खोल्दै हुनुहुन्छ ? एनआईसी एशिया क्यापिटलले ल्यायो यस्ता सुविधाहरु



काठमाडौं । एनआईसी एशिया क्यापिटलले वैदेशिक रोजगार डिम्याट खाता योजना संचालनमा ल्याएको छ । क्यापिटलले एनआईसी एशिया ९९९ वैदेशिक रोज डिम्याट खाता योजना ल्याएको हो ।

‘पे वान टाइम फरगेट फर लाइफटाइम’ भन्ने नाराका साथ क्यापिटलले ९९९ रुपैयाँमा लाईफटाइम डिम्याट खाता योजना सञ्चालनमा ल्याएको हो ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई न्यून शुल्कमा डिम्याट खाता खोली नविरकण गर्ने झन्झटबाट मुक्त बनाउनका लागि सो योजना ल्याएको एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेन्द्र रायमाझीले बताए । योजना अन्तर्गत हाल संचालनमा रहेका खातावाहरुले समेत ९९९ रुपैयाँ भुक्तानी गरि डिम्याट खाता लाइफ टाइमको लागि नविकरण गर्दा सक्नेछन् ।

क्यापिटलले ल्याएको आजीवन डिम्याट खाता खोलेपछि नवीकरण गर्ने झन्झटबाट मुक्त हुने सीईओ रायमाझीले बताए । नेपाल धितोपत्र बोर्डले आगामी दिनमा कम्पनीहरुले प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित शेयरको १० प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुको लागि छुट्याई बाँडफाँड गर्नुपर्ने व्यवस्था गरिसकेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्