नेप्सेमा सुपर मादी हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ? « Arthapath.com
१८ फाल्गुन २०७९, बिहीबार

नेप्सेमा सुपर मादी हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ । बिहिबार सुपर मादी हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो ।

कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल १ करोड १० लाख कित्ता आइपीओ सूचीकृत भएको हो । कम्पनीको आइपीओले पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज ९९ रुपैयाँ ८० पैसादेखि अधिकतम २९९ रुपैयाँ ४ पैसा रहेको छ । कम्पनीको आइपीओ ‘एसएमएचएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।

अब आइपीओ आइतबार (फागुन २१) देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्