सन नेपाल लाइफले प्रिमियम मूल्यमा आइपिओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन « Arthapath.com
१९ फाल्गुन २०७९, शुक्रबार

सन नेपाल लाइफले प्रिमियम मूल्यमा आइपिओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले फागुन १७ गते सेयरको अंकित मूल्य १०० रुपैयाँमा १५० रुपैयाँ ५५ पैसा प्रिमियम थपेर प्रति कित्ता २५० रुपैयाँ ५५ पैसामा शेयर निष्काशनको लागि अनुमति माग गरेको हो ।

कम्पनीले ९६ लाख कित्ता सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रति कित्ता २५० रुपैयाँ ५५ पैसामा शेयर निष्काशन गर्दा २ अर्ब ४० करोड ५२ लाख ८० हजार रुपैयाँ संकलन गर्ने छ ।

कम्पनीको बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट रहेको छ ।


प्रतिक्रिया दिनुहोस्