सगरमाथा जलविद्युतको आइपीओ बाँडफाँट, यसरि हेर्नुहोस् नजिता « Arthapath.com
२६ फाल्गुन २०७९, शुक्रबार

सगरमाथा जलविद्युतको आइपीओ बाँडफाँट, यसरि हेर्नुहोस् नजिता



काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले स्थानियबासी तथा बैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुमा निष्काशन गरेको आइपीओ बिहिबार बाँडफाँट गरेको हो ।

कम्पनीले ईलाम जिल्लामा स्थाई बसोबास गर्ने व्यक्तिहरुको लागि निष्काशन गरेको ११ लाख २० हजार कित्ता शेयर र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि निष्काशन गरिएको ४ लाख ३६ हजार ८०० कित्ता शेयर आज बाँडफाँट भएको हो ।

स्थानियबासीको हकमा १० कित्ता देखि ३ हजार कित्ता सम्म आबेदन दिने आवेदकहरुलाई माग बमोजिम, ३ हजार १५० कित्ता देखि १० हजार कित्ता सम्म आवेदन दिने आवेदकहरुलाई ३ हजार ८० कित्ता र ३ हजार १५० कित्ता देखि १० हजार कित्ता सम्म आवेदन दिने ६५ जना मध्ये गोलाप्रथाबाट ४९ जनालाई थप १० कित्ता गरी जम्मा ११ लाख २० हजार कित्ता सेयर बाँडफाँट गरिएको छ ।

त्यस्तै विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको हकमा १० कित्ता देखि ३० कित्ता सम्म आबेदन दिने आवेदकहरुलाई माग बमोजिम, ४० कित्ता देखि ५ हजार कित्ता सम्म आवेदन दिने आवेदकहरुलाई ३० कित्ता र ४० कित्ता देखि ५ हजार कित्ता सम्म आवेदन दिने ९ हजार ५४१ जना मध्ये गोलाप्रथाबाट ६हजार ८३२ जनालाई थप १० कित्ता आइपीओ पाएका हुन ।

क्यापिटलका अनुसार बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट तथा सिडिएससिको वेवसाइटबाट हेर्न सकिने छ ।


प्रतिक्रिया दिनुहोस्