सेयर बजार दोहोरो अकंले घट्यो: कारोबार १ अर्ब २० करोडमा खुम्चियो, किन आएन बजारमा उत्साह ? « Arthapath.com
१ चैत्र २०७९, बुधबार

सेयर बजार दोहोरो अकंले घट्यो: कारोबार १ अर्ब २० करोडमा खुम्चियो, किन आएन बजारमा उत्साह ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रका सूचक सबल बन्दैं गएको रिपोर्ट सार्वजनिक गरेपनि सेयर बजारमा भने सुधार तिर जान सकेको छैन । केही बढेको बजारबाट लगानीकर्ताले प्रोफिट बुक गरेका र अहिले करेक्सन फेजमै रहेकाले पोजेटिभ समाचारले पनि बजारमा उत्साह जान सकेको छैन ।

यता, बैंकहरुले निक्षेप र कर्जा दुवैको ब्याजदर घटाएको विवरण समेत सार्वजनिक गर्दा सेयर बजारमा सुधार आउन सकेको छैन । अमेरिकामा बैंकहरु टाट पल्टिएको र बंगलादेशको अर्थतन्त्र पनि धराशायी बनिरहेको खबरले पनि बजार प्रभावित बन्न पुगेको अनुमान गरीएको छ । यद्यपि, हाम्रो बजारमा अन्तर्राष्ट्रिय वित्तीय तथा पुँजी बजारको प्रत्यक्ष प्रभाव भने पर्दैन । .

अहिले अर्थमन्त्री प्रधानमन्त्री पुष्प कमल दाहालले लिएका छन् । भावि अर्थमन्त्री को आउने कस्तो आउने अन्यौलले पनि बजार प्रभावित बन्न पुगेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.४४ अकंले घटेर १९३८.६२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५३ कम्पनीको ३७ लाख १६ हजार ६८४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २० करोड २१ लाख ४१ हजार ८८२ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, आज १२ उपसूचक राताम्य भएका छन् । आज ब्यापार समूहको सेयर मूल्यमा मात्र ०.५१ प्रतिशतले बढेको हो । साथै, बैंकिङ समूहको ०.७८ प्रतिशत, विकास बैंक समूहको ०.७६ प्रतिशत, फाइनान्स समूहको ०.८५ प्रतिशतले सेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्