आइएमई लाइफको आइपीओमा लगानी गर्नु हुन्छ ? हेरौं कस्तो छ कम्पनीको अवस्था « Arthapath.com
२९ जेष्ठ २०८०, सोमबार

आइएमई लाइफको आइपीओमा लगानी गर्नु हुन्छ ? हेरौं कस्तो छ कम्पनीको अवस्था



काठमाडौ । आइएमई लाइफ इन्स्योरेन्सले असार १ गते देखि वैदेशिक रोजगारीमा रहेका नेपाली र असार २० गते देखि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दैछ । कम्पनीले प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ मा प्रिमियम वापत १३६ रुपैयाँ ९१ पैसा थप गरी २३६ रुपैयाँ ९१ पैसा मा १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहिरहेका नेपाली नागरिकहरुका लागि निष्कासन गर्ने छ ।

त्यस्तै, कम्पनीले ५ प्रतिशत अर्थात् ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात् ६ लाख कित्ता शेयर प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ दरमा कम्पनीका कर्मचारीहरुको लागि छुट्याई बाँकी रहेको ९६ लाख कित्ता प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ मा प्रिमियम वापत १३६ रुपैयाँ ९१ पैसा थप गरी २३६ रुपैयाँ ९१ पैसा मा शेयर सर्वसाधारणमा निष्कासन गर्दै छ ।

आईपीओमा आवेदन दिने समय :
वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि : वैदेशिक रोजगारीमा रहेका नेपालीले मात्र आवेदन दिन मिल्ने आईपीओ असार १ गते देखि असार १५ गते सम्म खुल्ने छ ।
सर्वसाधारण : सर्वसाधारणले भने असार २० गते देखि असार २४ गते सम्म आवेदन दिन सक्नेछन्
। असार २४ गते बैंकिङ्ग समय पश्चात् आवेदन दिन सकिने छैन । यदि असार २४ गते सम्म पनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा श्रावण ४ गतेसम्म समय थपिने छ । विगत देखिको तथ्याङ्क अनुसार समय थपिने सम्भावना एकदमै न्यून जस्तै छ ।

कति कित्ता दिन पाईन्छ आवेदन ?
न्युनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सकिन्छ ।

कम्पनीको बारेमा :
रजिष्टर्ड कार्यालयः कम्पनीको रजिष्टर्ड कार्यालय वागमती प्रदेश, का.म.न.पा. वडा नं. २६ लैनचौर, हाथवे कम्प्लेक्स, काठमाण्डौंमा रहेको छ ।
कम्पनीको ईतिहास : कम्पनी ऐन, २०६३ बमोजिम २०६४ असोज १५ गते नेपाल सरकार, कम्पनी रजिष्ट्ररको कार्यालयमा पब्लिक कम्पनीको रूपमा दर्ता भई २०७३ मंसिर २१मा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लि. ले कारोबार गर्न स्वीकृति प्राप्त गरेको हो ।

त्यस्तै कम्पनीले बीमा ऐन, २०७९ (तत्कालिन बीमा ऐन, २०४९) तथा बीमा नियमावली, २०४९ अनुसार नेपाल बीमा प्राधिकरण (तत्कालिन बीमा समिति) बाट जीवन बीमा व्यवसाय गर्ने बीमकको ईजाजतपत्र २०७४ असार २० मा प्राप्त गरी २०७४ भदौं १ गतेदेखि जीवन बीमा व्यवसाय गर्दै आईरहेको छ ।

शाखा संजाल :
कम्पनीले मिति २०७९ चैत्र १५ गतेसम्ममा ८३ वटा शाखा कार्यालय र ५७ वटा उप शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । साथै नेपाल बीमा प्राधिकरणबाट थप १ वटा शाखा कार्यालय र ८ वटा उप शाखा कार्यालय खोल्ने स्वीकृति प्राप्त भएकोमा निकट भविष्यमा उक्त शाखा÷उपशाखा कार्यालयहरु खोली सञ्चालनमा ल्याउन लागिएको छ ।

पूँजीको अवस्था :
अधिकृत पुँजी : ५ अर्ब
जारी पुँजी : ४ अर्ब
चुक्ता पुँजी : २ अर्ब ८० करोड ( आईपीओ अघि )
चुक्ता पुँजी : ४ अर्ब (आईपीओ पछि )

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रहेको र साधारण शेयर विक्री प्रक्रिया पश्चात् कम्पनीको चुक्ता पूँजी ४ अर्ब हुन्छ । आईपीओ प्रक्रिया पश्चात् कम्पनीमा सस्थापक शेयरको हिस्सा ७० प्रतिशत हुने छ भने साधारण सेयरको हिस्सा ३० प्रतिशत हुने छ ।

संचालक समितिको जानकारी :
कम्पनीको संचालक समितिको अध्यक्षमा डा.रामहरि अर्याल रहेका छन् । त्यस्तै संचालक समिति सदस्यमा दिपचन्द्र रेग्मी (प्रतिनिधिः ग्लोबल आइएमई बैंक लि), उषा ढकाल (प्रतिनिधिः एक्रश मनी ट्रान्सफर प्रा. लि.), र विनोद के.सी. (स्वतन्त्र सञ्चालक) रहेका छन् ।

त्यस्तै यस कम्पनीमा ग्लोबल आइएमई बैंक , आइएमई जनरल इन्स्योरेन्स , आइएमई , हाथवे इन्भेष्टमेन्ट नेपाल , एशियन डिष्ट्रिव्यूटर्स जस्ता प्रतिष्ठित बैंक, इन्स्योरेन्स कम्पनी, विप्रेषण कम्पनी तथा इन्भेष्टमेन्ट कम्पनीहरु ठूला संस्थापकको रुपमा रहेका छन् ।

व्यवस्थापक समितिको जानकारी :
कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाँल कार्यरत छन् । सिईओ फुयाँलको यस अघि लक्ष्मी बैंक, राष्ट्रिय बीमा संस्थान, प्राइम लाइफ इन्स्योरेन्स, सुर्या लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा सन् २००८ देखि काम गरेको अनुभव छ ।

वित्तीय विवरण :
आर्थिक वर्ष ७८÷७९ को वास्तविक वार्षिक तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी २३ रुपैयाँ २४ पैसा रहेको छ भने किताबी मूल्य १७६ रुपैयाँ ५३ पैसा छ । आ.व. ७९÷८० को चैत मसान्तसम्मको अपरिष्कृत विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी ९ रुपैयाँ २१ पैसा र किताबी मूल्य १४५ रुपैयाँ रहेको छ ।

प्रक्षेपित तथ्यांक अनुसार आर्थिक वर्ष ८१÷८२ मा प्रति शेयर आम्दानी १२ रुपैयाँ ५१ पैसा र किताबी मूल्य १६२ रुपैयाँ ३९ पैसा हुन्छ ।

क्रेडिट रेटिङ्ग :
क्रेडिट रेटिङ्ग संस्था कयेर रेटिङ्ग नेपालबाट कम्पनीले CARE-NP BBB (Is) [Triple B (Issuer)] प्रमाणपत्र प्राप्त गरेको छ । सो रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी जनाउने र यस्तो कम्पनीले मध्यमस्तरको क्रेडिट जोखिम वहन गर्न सक्दछ ।

आईपीओबाट उठेको पैसा केमा उपयोग गर्दै छ ?

धितोपत्र निष्काशन तथा विक्री प्रबन्ध : सिभिल क्यापिटल मार्केट लिमिटेड, सुन्धारा
प्रत्याभूति गर्ने सस्थाको नाम : नागरिक लगानी कोषले यस आईपीओको निष्काशन प्रत्याभूति गरेको छ ।


प्रतिक्रिया दिनुहोस्