तपाईको खातामा एक कम्पनीको १५ प्रतिशत बोनस आयो ? छैन भने के गर्ने ? « Arthapath.com
३१ जेष्ठ २०८०, बुधबार

तपाईको खातामा एक कम्पनीको १५ प्रतिशत बोनस आयो ? छैन भने के गर्ने ?



काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर वितरण सुरु गरको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको १५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।

कम्पनीले वैशाख ३ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको जनाएको छ । हालसम्म लाभांश प्राप्त नगरेका सेयरधनीहरुले भौतिक प्रमाणपत्र डिम्याट भनेको छ । त्यसपछि मात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्