रिलायबल नेपाल लाइफले प्रिमियम मूल्य संशोधन गरेर पुन: बोर्डमा आइपीओ अनुमतिका लागि आवेदन « Arthapath.com
७ असार २०८०, बिहीबार

रिलायबल नेपाल लाइफले प्रिमियम मूल्य संशोधन गरेर पुन: बोर्डमा आइपीओ अनुमतिका लागि आवेदन



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्य संशोधन गरेर पुन: नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले १९९ रुपैयाँ प्रिमियम थपेर २९९ रुपैयाँमा आइपीओ निष्कासन गर्न अनुमति माग गरेको हो । कम्पनी ३ अर्ब ५८ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर जारी गर्न अनुमति मागेको हो ।

कम्पनीको बिक्री प्रबन्धकको रुपमा सिभिल क्यापिटल रहेको छ । यस भन्दा पहिला कम्पनीले बोर्डमा ११२ रुपैयाँ प्रिमियम थप गरेर २१२ रुपैयाँ प्रति कित्ताका दरले आइपीओ निष्कासनको अनुमति मागेको थियो ।


प्रतिक्रिया दिनुहोस्