कुमारी बैंकले ५ अर्बको ऋणपत्र आगामी कात्तिक २ गतेदेखि निष्काशन गर्ने, ब्याजदर र अवधि कति ? « Arthapath.com
२३ आश्विन २०८०, मंगलवार

कुमारी बैंकले ५ अर्बको ऋणपत्र आगामी कात्तिक २ गतेदेखि निष्काशन गर्ने, ब्याजदर र अवधि कति ?



काठमाडौं । आगामी कात्तिक २ गतेदेखि कुमारी बैंकले १० वर्षे अवधिको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।बैंकले केबिएल डिबेन्चर २०९०’ निष्काशन गर्न लागेको हो । उक्त ऋणपत्रको वार्षिक ब्याजदर १० प्रतिशत रहेको छ ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । यसमध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ । तर, बाँकी ४० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने जनाएको छ ।

सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको बैंकले जनाएको छ ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा ५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन छिटोमा कात्तिक १२ गते र ढिलोमा कात्तिक १६ गतेसम्म हुनेछ ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्