तपाईको डिम्याट खातामा आयो त १०.५० प्रतिशत बोनस सेयर ? « Arthapath.com
२२ फाल्गुन २०८०, मंगलवार

तपाईको डिम्याट खातामा आयो त १०.५० प्रतिशत बोनस सेयर ?



काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बोनस सेयर पठाएको छ । बैंकले सम्वन्धित सेयरधनीहरुको डिम्याट खातामा १०.५० प्रतिशत बोनस सेयर जम्मा गरिदिएको हो ।

बैंकको गत मंसिर २३ गते सम्पन्न साधारण सभाले पारित गरेको सो बराबरको बोनस सेयर खातामा जम्मा गरिदिएको हो । उक्त बोनस सेयर गत मंसिर १० गतेसम्म सेयर डिम्याट गराएकाहरुको बैंकले जनाएको छ।

हालसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्