शतप्रतिशत हकप्रद सेयर जारी गर्दै खानीखोला हाइड्रोपावर, बोर्डसँग माग्यो अनुमति « Arthapath.com
२३ फाल्गुन २०८०, बुधबार

शतप्रतिशत हकप्रद सेयर जारी गर्दै खानीखोला हाइड्रोपावर, बोर्डसँग माग्यो अनुमति



काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले १:१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद जारी गर्न फागुन १७ गते बोर्डमा निवेदन पेश गरेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन क्यापिटल लिमिटेड छ ।


प्रतिक्रिया दिनुहोस्