लगानी गर्ने अर्को अवसर : भोलिदेखि आउँदैछ साढे ११ करोडको नयाँ आईपीओ, कहिलेसम्म दिने आवेदन ? « Arthapath.com
२८ भाद्र २०७९, मंगलवार

लगानी गर्ने अर्को अवसर : भोलिदेखि आउँदैछ साढे ११ करोडको नयाँ आईपीओ, कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । भोलि अर्थात भदौ २९ गतेदेखि सिक्लेस हाइड्रोपावर कम्पनीको आईपीओ निष्काशन तथा बिक्री खुला हुने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको हो । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो।

सोमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । बाँकी १० लाख ५८ हजार कित्ता सेयरका लागि सर्वसाधारणल आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा असोज २ गते र ढिलोमा असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्