प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै सोपान मल्टिपल « Arthapath.com
२ बैशाख २०८१, आईतवार

प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै सोपान मल्टिपल



काठमाडौं । सोपान मल्टिपल कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न भएको छ । प्रिमियममा आइपीओ निष्कासनको विशेष प्रस्तावसहित कम्पनीले साधारण सभा बोलाएको छ ।

कम्पनीले १५औं वार्षिक साधारण सभा आगामी बैशाख २२ गते, लैनचौर ब्याङ्गवेट काठमाडौं दिनको १ बजे डाकेको छ । नियमनकारी निकायको स्वीकृतीबाट प्रिमियम मुल्यमा सर्वसाधारणमा सेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ।

सभामा प्रबन्ध पत्रको दफा २, ८(३) को (क देखि झ सम्म) र ११(३) थप तथा नियमावलीमा नियम २, १७, २३, २७ (२), (३) र २८ संसोधन गर्ने, नियमनकारी निकायबाट प्रवन्ध पत्र तथा नियमावलीमा कुनै फेयरवदल, थपघट वा सामान्य संशोधनको लागि निर्देशन भई आएमा सोहि बमोजिम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेन्डा छन् ।

यस्तै, सभमा गत आव २०७९/८०को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने हुनेछ । यसका साथै लेखापरीक्षण प्रतिवेदन सहित २०८० आषाढ मसान्त (आव २०७९/८०) सम्मको वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र सोसँग सम्बन्धी अनुसूचीहरु लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने छ । चालु आव २०८०/८१ को लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्नेछ ।

सभाले सञ्चालक समितिको निर्वाचन गर्ने र सञ्चालक समितिबाट सिफारिस स्वतन्त्र सञ्चालकलाई नियुक्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्