महँगो मूल्यको सर्वोत्तम सिमेन्टको आइपीओमा दुई दिनमै ओभर सब्सक्राइब्ड, कतिले दिए आवेदन ? « Arthapath.com
१४ फाल्गुन २०८०, सोमबार

महँगो मूल्यको सर्वोत्तम सिमेन्टको आइपीओमा दुई दिनमै ओभर सब्सक्राइब्ड, कतिले दिए आवेदन ?



काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ । गत आइतबारदेखि बिक्रीमा ल्याएको कम्पनीको आइपीओ आठ गुणा बढी आवेदन परेको हो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको आइपीओमा सोमबार साँझसम्म ८ अर्ब १ करोड २० लाख ६३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले गत आइतबारदेखि २७ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो । तर, बिक्री खुला भएको दोस्रो दिनमै कम्पनीको आइपीओमा ७.९९ गुणाा बढी आवेदन परेको छ । कम्पनीको आइपीओमा ४ लाख ७ हजार ७११ जनाले २ करोड २२ लाख २३० कित्ताको माग गर्दै आवेदन दिएका छन् । कम्पनीको आइपीओमा फागुन १६ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दर आवेदन दिन मिल्ने गरि आइपिओ बिक्रीमा ल्याएको हो । लगानीकर्ता न्युनतम ५० कित्ताका लागि आवेदन दिनैपर्छ । अधिकतम भने १० हजार कित्ताका लागि आवेदन सकिने छ । न्युनतम ५० कित्ताका लागि आवेदन दिन पनि १८ हजार ४५ रुपैयाँ हाल्नुपर्ने हुन्छ ।

कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम भने ग्लोल आइएमई क्यापिटलले गरेको छ । यसअघि कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरिसकेको छ । उक्त आईपीओ बाँडफाँट गरेपश्चात अब भने सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।


प्रतिक्रिया दिनुहोस्