भारतमा बझाङका ३ जना झुन्डिएको अवस्थामा मृत फेला « Arthapath.com
१० भाद्र २०७८, बिहीबार

भारतमा बझाङका ३ जना झुन्डिएको अवस्थामा मृत फेला



काठमाडौं । भारतमा भझाङका ३ जना झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । भारतको तामिलनाडु राज्य कोइमतुर जिल्लामा बझाङको केदारस्युं गाउँपालिका १ स्थित राजकुमार भण्डारीकि श्रीमतीसहित २ जना छोराछोरी झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । श्रीमान राजकुमार भण्डारी काम गर्न गएका बेला उनकी श्रीमती धौलीदेबी भण्डारी र एक बर्षको छोरा र ३ बर्षकि छोरी झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर १ स्थित छिनापानी स्थायी घर भएका राजकुमार भण्डारीकी २४ बर्षिया श्रिमती धौलीदेवी भण्डारी, उनका १ बर्षका छोरा र ३ बर्षकी छोरी आफु बस्ने कोठाभित्र रहेको पंखामा झुण्डीएर बिहिबार बिहान ११ बजे तिर मृत भेटिएको सेती महाकाली प्रवास सेवा समिति भारतले जनाएको छ । आत्महत्या होकि अन्य कुनै कारण हो भनेर अनुसन्धान भईरहेको समितिले बताएको छ।


प्रतिक्रिया दिनुहोस्