इमर्जिङ्ग नेपालको नाफासँगै ईपीएस पनि घट्यो, अन्य सूचक यस्ता छन् « Arthapath.com
१३ बैशाख २०७९, मंगलवार

इमर्जिङ्ग नेपालको नाफासँगै ईपीएस पनि घट्यो, अन्य सूचक यस्ता छन्



काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ७.७९ प्रतिशत घटेर ७८ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ८५ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी ६६.५० प्रतिशत घटेर १० लाख ३ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २९ लाख ९४ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ११९.६३ प्रतिशत बढेर २ करोड ९ लाख ८१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको अन्य आम्दानी ९५ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको अन्य प्रशासनिक खर्च ७ लाख १० हजार रुपैयाँबाट बढेर ८७ लाख ८७ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ११.११ प्रतिशत बढेर ५५ करोड ५६ लाख रुपैयाँ र जगेडा कोष ४८.६३ प्रतिशत बढेर ३ करोड ३४ लाख ६२ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ३९ पैसा घटेर १ रुपैयाँ ९० पैसामा सिमित भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १०६.०२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५१३.६८ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्