बजेट कार्यान्वयनबाट ६ प्रतिशत आर्थिक वृद्धि हुने अपेक्षा, मुद्रास्फीति ६.५ प्रतिशतमा सिमित « Arthapath.com
१५ जेष्ठ २०८०, सोमबार

बजेट कार्यान्वयनबाट ६ प्रतिशत आर्थिक वृद्धि हुने अपेक्षा, मुद्रास्फीति ६.५ प्रतिशतमा सिमित



काठमाडौं । आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अपेक्षा राखिएको छ । अर्थमन्त्री प्रकाश शरण महतले आगाी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

अर्थमन्त्री महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ अर्थात् १७.५५ प्रतिशत रहेको छ ।

यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा २.३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १६.३७ प्रतिशतले बढी हो । प्रस्तुत बजेटमा उल्लिखत नीति र कार्यक्रमको कार्यन्वयनबाट आगामी आवको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अपेक्षा राखेको महतले जानकारी गराए ।

यस्तै, मुद्रास्फीति ६.५ प्रतिशतमा सिमितहुने अनुमान रहेको छ । बजेटले लिएको उद्देश्य प्राप्त गर्न सघाउ पुग्ने गरि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तय गर्ने महतले बताए ।


प्रतिक्रिया दिनुहोस्