१६औं योजनाको तयारीमा जुट्यो योजना आयोग, पूर्व उपाध्यक्ष र विज्ञसँग छलफल गर्दै « Arthapath.com
६ असार २०८०, बुधबार

१६औं योजनाको तयारीमा जुट्यो योजना आयोग, पूर्व उपाध्यक्ष र विज्ञसँग छलफल गर्दै



काठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१/८२ देखि कार्यान्वयनमा आउने गरी १६औं योजना तर्जुमाको तयारी सुरु गरेको छ । आयोगले योजना कस्तो बनाउनु पर्छ रु विज्ञहरुको राय समेत लिने भएको छ ।

१६औं योजनाका लागिआयोगले पहिलो चरणमा आयोगका पूर्व उपाध्यक्ष, पूर्व सदस्यहरु तथा अर्थविद्हरुसँग छलफल हुनेछ । बुधबार दिउसो होटल याक एण्ड यतिमा पूर्व उपाध्यक्षहरुसँग छलफल गर्न लागिएको आयोगका प्रवक्ता सुमन दाहालले जानकारी दिए । प्रवक्ता दाहालका अनुसार बुधबारदेखि नियमित रुपमै विषय विज्ञहरुसँग आयोगले सल्लाह सुझाव लिने छ ।

बुधबारदेखि हुने छलफल शुक्रबारसम्म चल्नेछ ।


प्रतिक्रिया दिनुहोस्