अहिलेको ब्याजदर उद्योगीले धान्न सक्दैनन्ः बिनोद चौधरी « Arthapath.com
८ असार २०८०, शुक्रबार

अहिलेको ब्याजदर उद्योगीले धान्न सक्दैनन्ः बिनोद चौधरी



काठमाडौं । नेपाल उद्योग परिसघ (सिएनआइ) का संस्थापक अध्यक्ष बिनोद चौधरीले अहिले ब्याजदर उद्योगिले धान्न नसक्ने बताएका छन् ।

नेपाल उद्योग परिसघ (सिएनआइ) को २०औं वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रलाई चलायमान कर्जाको व्याजदर घटाउनुपर्ने बताए । सोही अवसरमा बैंकमा निक्षेप थुप्रीएको तर, बैंकहरुले कर्जा प्रवाह बढाउन नसकेको चौधरीले बताए ।

उनले भने, ‘बैंकमा पैसा थुप्रीएको छ, उच्च ब्याजदरका कारण बैंकहरुले कर्जा बढाउन सकेका छैनन् । उद्योगीले अहिलेको व्याजदर धान्न सकेका छैनन् । सरकारले घटाउन सकेको छैन ।’


प्रतिक्रिया दिनुहोस्