सार्वजनिक यातायातको भाडा पनि घट्यो, अब कहाँ जान कति लाग्छ ? « Arthapath.com
१ श्रावण २०८०, सोमबार

सार्वजनिक यातायातको भाडा पनि घट्यो, अब कहाँ जान कति लाग्छ ?



काठमाडौं । सोमबारदेखि सार्वजनिक यातायातको भाडा घटेको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागूभएसंग डिजेल र पेट्रोलको भाउ घटेको छ ।

स्वचालित मूल्य प्रणाली अनुसार अब डिलेमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य निर्धारण हुने निगमले जनाएको छ । निगमका अनुसार डिजेलको भाउ प्रतिलिटर ४ रुपैयाँ र पट्रोलको भाउ प्रतिलिटर ६ रुपैयाँले घटेको हो ।

पेट्रोलिय पदार्थको मूल्य घटेसंगै यातायात व्यवस्था विभागले पनि सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो ।

विभागका अनुसार यात्रुवाहक सवारीको भाडा २.१३ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीको २.७८ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारीको भाडा ३.०९ प्रतिशतले घटेको हो ।

अब कहाँ जान कति लाग्छ ?


प्रतिक्रिया दिनुहोस्