बरूण हाइड्रोपावरको साधारण सभा फागुन २८ गते, सेयरधनीको हात भने रित्तो
काठमाडौं । बरूण हाइड्रोपावर कम्पनी लिमिटेडले १९औं वार्षिृक साधारण सभा फागुन २८ गतेका लागि बोलाएको छ । सभा युनियन हाउस अनामनगर, काठमाडौंमा विहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७८÷ ०७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।
साथै संस्थापक शेयरधनीबाट ४ जना र सर्वसाधारण शेयरधनीबाट २ जना गरी ६ जना सञ्चालक निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँ फागुन १४ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।













