अझै १३ करोड नोक्सानीमा शिवश्री हाइड्रोपावर, कस्तो वित्तीय अवस्था ?
काठमाडौं । शिवश्री हाइड्रोपावर कम्पनीले अझै १३ करोड नोक्सानीमा देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
सो अवधिमा कम्पनी १३ करोड ५ लाख ९८ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने कम्पनीले नोक्सानी घटाएको हो । गत वर्षको सोही अवधिमा कम्पनी १८ करोड ३ लाख ४८ लाख रुपैयाँ नोक्सानीमा देखिएको थियो ।
चालु आवको पुस मसान्तसम्ममा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी बढेकाले नोक्सानी घटेको हो । सो अवधिमा कम्पनीको यस्तो आम्दानी ७२.७२ प्रतिशत वृद्धि भई २२ करोड ६८ लाख १३ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको समिक्षा अवधिमा कम्पनले १३ करोड १३ लाख १७ हजार रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो ।
सो अवधिमा कम्पनीको संचालनमा नाफा १९ करोड ७३ लाख ९१ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष भने ४८ करोड ७१ लाख ७० हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी पनि १७ रुपैयाँ ६९ पैसा ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने ६७ रुपैयाँ कायम भएको छ ।













