७ श्रावण २०८३, बिहिबार

युनाइटेड मोदी हाइड्रोपावरको लाभांश स्वीकृत



काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको लाभांश स्वीकृत भएको छ । विद्युत नियमन आयोगले कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको सेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेकोमा आयोगबाट स्वीकृत भएको हो ।

अब उक्त लाभांश कम्पनीको साधारण सभाबाट पारित भए पश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्