बरुण हाईड्रोपावरको साधारण सभा आइतबार बस्दैं, यस्ता छन् एजेण्डा
काठमाडौं । बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले १९औं वार्षिक साधारण सभा आइतवार (फागुन २८ गते) बस्दैंछ । सभा युनियन हाउस अनामनगर काठमाडौंमा बिहान १० बजे बस्ने गरी बोलाएको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लेखापरिक्षण गर्नका लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै, सभाले संस्थापक सेयरधनीहरुबाट ४ जना तथा सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना को प्रतिनिधित्व हुने गरी संचालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरेको हुदाँ फागुन १४ गते सम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।













