चिलिमे जलविद्युत् बाड्यो लाभांश, तपाईको खातामा आयो ?
काठमाडौं । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको ७.५ प्रतिशत बोनस वितरण गरेको हो ।
कम्पनीले गत पुष २२ गते सम्पन्न २६औं वार्षिक साधारण सभाबाट ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । नगद लाभांश भने कम्पनीले माघ ५ गतेदेखिनै वितरण गर्न शुरु गरेको थियो ।
फागुन ३० गतेदेखिनै सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको कम्पनीको भनाइ रहेको छ । बोनस शेयर हितग्राही खातामै जम्मा हुने भएकाले हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएका तथा हितग्राही खातासमेत नखोलेका सदस्यहरूलाई यथाशिघ्र प्रक्रिया पुरा गरी बोनस शेयर तथा नगद लाभांश प्राप्त गर्न कम्पनीले भनेको छ ।













